रिक्राउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा छन्। म भैचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन, उता अलमलिन्छन, यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्त खोज्छन् मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु ! बरू आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका खँदिला उल्लास निकालोस्। उनीहरू आज आविष्कार गर्छन्, भोलि मेट्तछन्। मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् ! दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई दुनियाँका चलाकीका ठेकदार सम्भन्छन् ! म उनीहरूलाई हरहमेशा हँस्सी उडाउँछ। गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान बनाउने सोख छ। तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ़ बाबु हो ! खोज ! मलाई राम्ररी बुभन एक अनन्त काल बाँकी नै छ!' तर निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् ! हो त ? म कति छकाउँछ दुनियाँलाई, कृति गिज्याउँछु । म स्वार्थले महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछ, भूटा कुराले आफूलाई बुझाउँछु, सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्फन फुकाउनको प्रतिभाशाली सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले भल्काइदिएका छकावटहरूले नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्, विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले खान्छ !
के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्केको थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें। के कहिले-कहिले तिम्रा अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगरनी, जसलाई मानिस कल्पना र भावना भन्दछन्-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ? के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेतीस कोटी आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ