'जय जीवनदाता ! मलाई नछाड़े।' ऊ आफूलाई अमृत पिउने जीव भन्ध्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो । रङ्हरुलाई स्पर्श गथ्यों। किरणहरू तारमा बजाउँथ्यो। ऊ आफ्ना संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे। उसलाई फलू-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे। ऊ भन्थ्यो 'वा', जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा फर्दथे । उसलाई प्रेम यति सरल थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुर्छ भन्ने चेतले आँखा भिजाएर हात फ्याक्तथ्यो । उसमा विश्वास थियो- त्यो विश्वास, छुरीको टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो । खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउदै ओठ लेप्राउँदै ऊ बाबुको मुख हेनें ग्थ्यों, जबसम्म उसले अन्त्यको बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र जीवन भन्ने जादू आजसम्म बुकिएन । माछाले पानी बुफेन, जिउनेले जीवन ।
मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । मनलाई बुभन आजकल तेतीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । मैले कलेज र स्कूल पढ़ाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव पढ़छन, न कि कड़ालका भीषण जड़ताहरू। मेरा कानका निमित्त संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफै गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् ' सिनेमा र विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट शीतमय बास्ता निकालिरहिछन्- कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड़ दैनिक खर्च ! मलाई खोल बनाउन तीन सय ऱ्याडिन कम्पनी जन्मेर छाँटकाँटको विज्ञान पढ़िरहेछन् । मेरो जुँघा छाँटन तीन लाख फ्याक्टरीहरू कुइँ-कुई गरिरहेछन् छुरा र डाठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई