Jump to content

Lalitya bhag 1 ra 2/bamshidharko dibya bamshi

From Nepali Proofreaders
Revision as of 15:47, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=171 to=171 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
वंशीधरको दिव्य वंशी

(१)
सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावन
घन्काएर घनक्क, भित्र उसमा भर्दै नयाँ जीवन ।
हे वंशीधर ! विश्वमोहन ! परा वाक्रूपिणी बाँसुरी
फुक्छौ नित्य नयाँ नयाँ सुर झिकी व्यामोह-वर्षा गरी ||

(२ )
त्यो चर्को सुरबाट जागृत बनी तिम्रै गरी खोजनी
घुम्न रासविलासको रहरमा धीवृत्ति छन्‌ गोपिनी ।
साथै छौ, तर लुक्नमा चतुर छौ, हाँसीरहन्छौ लुकी
त्यै तिम्रो रस-रङ्गमा छ रसिलो यो सृष्टिको चक्‌चकी ॥