Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/138

From Nepali Proofreaders
Revision as of 15:13, 25 June 2025 by Prty (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

(४)
फलफुल खाई नित्य रमाई
वनमा फिरने बिचरालाई ।
विधिले पार्यो पिँजरा-भित्र
कर्म हरे ! शिव ! हुन्छ विचित्र ।

(५)
कति फिरदो हूँ कति उड्दो हूँ
कति कति देशान्तर डुल्दो हूँ ।
दैव ! हरे ! किन बालकलाई
बन्धन पार्यौ व्यर्थ भुलाई ॥

(६)
शीतल पानी कुञ्ज-निवास
भोजन मीठो फलको खास ।
त्यो सब हुनगो आज विनाश
बाँकि छ एकै मनको त्रास ॥

(७)
हरियो वनको शीतल छाया
बान्धवसँगको मोह र माया ।
डुलनू फिरनू फलफुल खाई
सपनामय भो हाय ! मलाई ।