Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/121

From Nepali Proofreaders
Revision as of 21:17, 24 June 2025 by Prty (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread
शरणाऽऽगति

(१)
सबै हेरी जाँची विषय-सुखको चञ्चलपना
जगत्‌ सारा सम्झी निमिषभरको तुच्छ सपना ।
झुकी बिन्ती गर्दै रघुवर ! म लोटेँ चरणमा
अजानै हो भन्ने समझि लिनुहोला शरणमा ॥

(२ )
दुराचारी व्याधा, अधम गणिका, भिल्ल, शबरी
सबैले पाएथे जुन मधुर कारुण्य-लहरी ।
उही पाऊँ भन्दै रघुवर ! म रुन्छू चरणमा
अजानै हो भन्ने समझि लिनुहोला शरणमा ॥