जलद गगन ज्वाला रङ्गवाला उज्याला । रविकर
मृदुमाला
स्वप्नका
रङ्गशाला ॥
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५) विधुवदनसुधाको शीतलो शीत थाली । टहटह
वनमा
जो दिव्य जादू खसाली ॥
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी । मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥ त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
'बल बल'- सित बल्की रङ्ग चढ्दछन् सुरामा ॥
(४६) मृग-शिशुहरु प्राई शैल सीँढी तहालु । लघु पयर उचाली फुर्फुरे सौखचालु
॥
प्रकृति-कलित उत्री टीपको रङ्गशाला । हरित मृदु दुभोको शैलको खातवाला ॥
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥ जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न । विपिन सरल हुन्छन् चाल त्यो चारु वन्य ॥ कति मधुर घुसेका कामिनी हेर धन्य । (४७)
हृदय किरण न्यानो कोपिलाले फुकाई ।
पवन
रसिकलाई
चोर्न खोली
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
मिठाई ॥
कुसुमित छ उज्यालो बैंस खुल्दौ मुहार ॥ (४८)
निशिभर सपनामा तारका छम्छमाई ।
मृदु
वन
सहभावी
भावमा
चम्चमाई ॥
१०३