Jump to content

Page:Shakuntala.pdf/140

From Nepali Proofreaders
Revision as of 12:51, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "त्रयोदश सर्ग (मालिनी) मधुकर महिषीले पड्ख कूँजा फिँजारी । मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥ हँसमुख सखि यौटी साथमा ली अकेली । कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥ मधुकर सुइँकोले...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

त्रयोदश सर्ग (मालिनी) मधुकर महिषीले पड्ख कूँजा फिँजारी ।

मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥ हँसमुख सखि यौटी साथमा ली अकेली । कुसुमहरु

हवामा

जिस्किँदा

हाँसिखेली ॥

मधुकर सुइँकोले खोज्दछन्‌ भुन्भुनाई ।

वनविचरण गर्दी भक्तको भक्तिलाई ॥ वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा । नृपजनहरु

डुल्छन्‌ भूप खोज्दा दशामा ॥ 0)

खलबल पहिले ता भुन्भुनाएसमान । अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥ निकट छ अन मानो शब्द सारौं-कराई ।

हलचलहरु

भर्दै

पङ्ख

(र)

झैं

खल्बलाई ॥

कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी । शारसदृश छ आँखा, चान कल्लोल-भङ्गी ॥ भ्रमर मधुर भौँका कण्ठका कोयली ती । खलबल हुन जाँदा भूप छोड्छन्‌ त्यहीँ ती ॥

(२)

१३६