Jump to content

Page:Shakuntala.pdf/136

From Nepali Proofreaders
Revision as of 12:51, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "«किन यसै, नबसै पनि ठीक छ। जब सुवर्ण उ साँझ नजीक छ ॥” यति सुनीकन '“चारु' लिई घडा । मधुर आग्रहभाषण गर्दछिन्‌ ॥ “थकित पाउ हुने रहँदा खडा ।" (७०) बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

«किन यसै, नबसै पनि ठीक छ।

जब सुवर्ण उ साँझ नजीक छ ॥”

यति सुनीकन '“चारु' लिई घडा ।

मधुर

आग्रहभाषण

गर्दछिन्‌ ॥

“थकित पाउ हुने रहँदा खडा ।"

(७०) बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा । देखी तेज प्रसन्न भै मनमनै सोडी नयाँ प्रश्न ती॥

पाएको मरुमा सफा जल हराकै कुञ्जमा -शीतल ।

यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन्‌ पाहुना ॥ (७)

«दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली ।

हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झै॥

"को होला कुन यो महापुरुष हो' भन्थिन्‌ उता सुन्दरी ।

"को होलिन्‌ कुन हुन्‌ परी ? क्रपिसुता हैनन्‌' उनी भन्दछन्‌॥

(७२)

झुक्दै चट्ट बराबरी भुइँभरी बुट्टा भरी भित्रका ।

हेर्ने चाख भएर झट्‌ नजर ती वेला पखी लाउँछिन्‌ ॥

आँखा जुध्छ कि झैं हुँदा सहज नै हाँगा हुँदी बैंसकी । ढुक्‌ ढुक्‌ बढ्न गएर

लाल-गरमी

लज्जा लिँदी गण्ड छन्‌ ॥

(७३)

सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन ।

“हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥

के सेवा दिन सक्दछन्‌ वन ठिटी भन्दो अहो भाग्यले ।

ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?”

(७४)

सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती । भन्छन्‌ भूप “म आज

आउँछु यहाँ दुष्यन्तको

ठोकी

दितिजका

रक्षा गर्न र हेर्न जाँच क्रषिका यी यक्षका आश्रम । क दूर घपाउँला

(७५)

%

दाह्वा: दनासा भनी ॥”

५श