This page has not been proofread
“सदय देव गहाँ अरुणोदय-
सरि सवार हुँदो वनवारिमा ॥ पयरकष्ट गरीकन आसन ।
लिनुहवस् कुशको प्रिय शासन ॥” (६७) “नगर भो अति कष्ट सुकोमला ।
नगरका घरका जननिम्तिमा ॥ नगर शान्त निकुञ्जनिवासिनी । न गरमी छ यहाँ न थकाइ छ॥ न गरुकाउँछ आँग न वा एरु। नगरलायित छन् वनका तरु ॥” यति विदूषकले तिनमा भने ।
बहुत खिल्खिल ती पुतली बने ॥ (६८)
“यदि खडा 'बखडा तरु' फुल्दछ ।
किन खडा म नहूँ नखरा लिई ॥
म छु वयस्क हुँदा तगडा अझ । किन खडा हुनगो झगडा यहाँ ॥ धवल केश फुली लटरम्म छ।
तरुणभाव त तैपनि टम्म छ॥” यति सुनीकन हास्यविनोदिता । जब
अधर छोप्न तयार भए लता ॥ विदूषक छिँक्क गरी रुघा । सरस ताउ लगाउँदछन् जुँघा ॥
(६९)
“सखि ! कुशासन ल्याउन जाउन ।” यति भनी शरमाउँदछिन् जहाँ ॥ वचनकी मधु ती, उनमा नृप। वचन मिष्ट सुनाउँदछन् यहाँ ॥
११०