ख्वामित् आज हजुर्हरू पृथिविमा मालिक् छंदामा पनी ।
ब्राह्मण्को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक् भनी ॥
जाहीरात गर्या प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित् भनि मर्जि हुंछ त भन्या क्यारू सहन्छू पनी ॥४॥[1]
यस् बिन्तीपत्रमा अरू श्लोक् पनि छन् भन्ने जनश्रुति छ तर पछि पाइयो भने छापी प्रकाश गरियेला । जब यो व्रतबन्धको कुरो राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज कवि भानुभक्तलाई कमारीचोक्बाट फारग् पत्र दिंदामा तुरन्त सम्वत् १९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको व्रतवन्ध गरे ।
फेरि विक्रमीय सम्वत् १९१० मा नेपाल आये र बाकी रहेको युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा भयो ।
इनै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला अनुवादित ह्वैन किन्तु स्वकल्पित अर्थात् आफैले अज्माई बनायेको हो । भक्ति रस् जस्का फी पद्बाट तप् तप् गरी चुहुन्छ, सन्सारका प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हंन जांदो रहेछ यस्को साफ् ऐनामा मुख हेरेझैँ देखिन्छ । प्रश्नोत्तरा पनि उस्तै ग्रंथ छ तर यो संस्कृतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि अनौठै हो [2], प्रत्येक श्लोकको सवाल् जबान् लेख्ता पद राख्नाको चमत्कार कविले बहृतै असल् तरहसित देखायेका छन् । यति ग्रंथ