Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/9

From Nepali Proofreaders
Revision as of 13:25, 20 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि कतिपय काल्पनिक अथवा अनुमानित कुराहरू खण्डित भई सन्देह निवारण गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साझा प्रकाशनले यो महत्ता सम्झेर पाठकसमक्ष ल्याइदिएकोसम्म हो ।

यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत् राख्ने चेष्टा गरिएको छ । ह्रस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शुद्ध्याउने- बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको छैन । आशा छ– सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै भए पनि भरथेग हुनेछ ।

१७ असार ०२९८

साझा प्रकाशन