Jump to content

Page:Champa.pdf/54

From Nepali Proofreaders
Revision as of 10:56, 20 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

बुहारी मुर्मरिंदै आफ्नो कोठाभित्र पसिन् ।

तब आए खिसीटेप्लीका स्वरहरु ! "बाघिनी, बाघिनी ... कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर पालेको ता दी !"

"कल्लाई भन्या" ?.... खूँ... खूँ... खूँ... खूँ... खिर... खिर ।"

"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो । खिर..खिर....खिर...खिर... ।"

एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही वसुन्धरी फलाक्न थाली ।

"छिः आजकलका बुहारी ता भो । ...सासुको ता चेक्टा पो लुछ्ने रै"छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"

"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा दिनरातको रडाको !" चम्पा मुर्मुरिन लागिन् भन्भन् ।

त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क गर्दै सासूको पिंडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो— कठबारले छेकेको पल्लो कोठाबाट ।

झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरुप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रुपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।

"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ! बस्छु कहाँ त ? ..."

त्यो थियो साँच्चिकैको समस्या माइतमा त !

घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार दुम्सीहरुको काँडो फेंकाइको झन् विष्टे खेर हुन्छ ।

जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरुन् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी भ्रष्ट साधु, झोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिइकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।