Jump to content

Page:Shakuntala.pdf/122

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "देख्दो छ कोही कवि बागमा हरा । परीहरू चञ्चल चारु लोचनी ॥ घडा लिएका वनमा सुरा भरी । खन्याउँदा लच्लच अङ्ग माधुरी ॥ कुलो र राम्रो रँग, बोटका जरा । भिजाउँदै ती मदिरा छरीबरी ॥ जो रशिमिमा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

देख्दो छ कोही कवि बागमा हरा । परीहरू चञ्चल चारु लोचनी ॥ घडा लिएका वनमा सुरा भरी । खन्याउँदा लच्लच

अङ्ग माधुरी ॥

कुलो र राम्रो रँग, बोटका जरा ।

भिजाउँदै

ती

मदिरा

छरीबरी ॥

जो रशिमिमा रङ्ग हुँदो छिरीबिरी ।

बनेर उक्लिन्छ नशा भरी भरी ॥

त्यस्ता परीका रसपूर्ण ती घडा । कटी झिना लच्किनुले छचल्किँदा ॥

दायाँ बनी सुन्दर बैँस ढल्किँदा ।

बाङ्गो बनाई अलि चाल माधुरी ॥

देखीरहेको कवि मुग्ध पर्दछ । र कल्पना देख्दछ व्योमका परी ॥

वर्षासुता

बादलसूतका

तनु ।

पोखेर जाग्छन्‌ घटबाट जो झरी ॥

वनस्पति प्रस्फुट भाव-माघुरी । त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥ लिएर गर्दो कविता धरी थरी । देखीरहेको छ त्यहाँ सफा जल ॥ काला कुना बीच झलल्ल चञ्चल ।

भौँ त्यो उचालिन्छ मिही बराबर ॥

ठट्लहरूले शिर हिल्छ सुन्दर । मसक्क मस्किन्छ लचक्क भै उर॥

ढलक्क| ढल्कीकन फेरि मञ्जुल ।

घलल्ल घल्चा जल चल्दछन्‌ तल ॥

मानो त्यहाँ छन्‌ जलका परीहरू । जो बस्दछन्‌ बादल बाग शीतल ॥ भिजाउने, कुञ्ज हरा गराउने । लिएर पुष्पा$मृतका घडाजल ॥

0१४)