Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/7

From Nepali Proofreaders
Revision as of 16:56, 15 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

निभ्न नदिई वेला-वेलामा केही रचनाहरू तपाईँहरूका अगाडि उपस्थित गर्दै आएको थिएँ, यो कुरा सबैले जान्नुभएकै छ ।

फेरि त्यस वेला मेरो कलमबाट निस्किएका स-साना फुटकर कविता तपाईँहरूजस्ता सहृदयी पाठक-वर्गको साहित्यिक तृष्णालाई कुनै अंशमा मेट्न सक्लान् भन्ने विश्वास पनि मलाई थिएन । पछि-पछि जब मैले आफूलाई तपाईँहरूबाट प्रोत्साहन पाएँ, अनि मेरो उत्साह र आत्मविश्वास पल्लवित हुँदै जानु पनि मनुष्य-हृदयका निमित्त स्वाभाविकै कुरो हो ।

त्यसले गर्दा क्रमशः केही न केही लेख्दै आएँ, लेख्दै पनि छु । अहिले धैरैजसो देशबन्धुहरूको अनुरोध-अनुसार अघि वेला-वेलामा लेखिएका र यत्रतत्र छरिएका कविताहरू र केही नयाँ कविताहरूसमेत एकत्रित गरी यो दुई भागमा विभक्त "कविता-सङ्ग्रहको रूपमा तपाईँहरूको अगाडि राख्न पाउँदा मलाई ठूलो हर्ष लागेको छ । यो दुई भागमा छुटेका कविताहरू जे जति छन् तिनको पनि तेस्रो भागमा सङ्कन गरी तपाईँहरूको सामुन्ने उपस्थित गर्न सकेँ भने म आफूलाई सफल परिश्रमी सम्झनेछु । तपाईँहरूबाट यस्तै प्रोत्साहन पाएको पक्षमा म पनि-


"सूत्तीनां प्रतिभानाञ्च मञ्जरीणाञ्च जुम्भितम् ।
नवमेव मनोहारि..."

भन्ने महाकवि क्षेमेन्द्रको उक्ति-अनुसार केही न केही लेखहरूद्वारा मातृभाषाको सेवा र पाठक-वर्गको मनोविनोद गर्नमा सदा तत्पर रहनेछु ।

-लेखक