Jump to content

Page:Shakuntala.pdf/108

From Nepali Proofreaders
Revision as of 02:43, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "“अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ । खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥ लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ । अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥ लगाम चट्ट खै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ ।

खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥

लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ ।

अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥

लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।

सफेद दाँत बाउँछन्‌ पछाडि याल फर्किँदा ॥

अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।

पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥ (५) नजीक भट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।

सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥ सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर । टिपी मुना रमाउँदो मिठासदार फीँजले ॥ सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले । सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥

पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर । सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥ उचाल्छ

चपाउँदै

कान

दीर्घ ती फरक्क फर्किईकन ।

गरी

गरी

मुनाहरू

बराबर ॥

सत्रास फेरि फर्कदो, भुलेर दाँत सत्वर । अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥ खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शार ।

बुझेर तर्सिई झन्यो फरक्क त्यो तलैतिर ॥ ८६)

“सवेग हाँक्‌” भनी त्यहाँ पछाडि दृष्टि जो दिने । लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥ चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ । सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥ सवेग अश्व कामका चढेर पुष्पमार्गले। . सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥

(७)

१०३