आफ्ना कलाका हतियार लिई धारिला
पार्श्बमा छन् खडा । उनका करमा छन्
फलामे अंकुश, जसले चतुर ढंगसँग
जकडिनेछन् युग, पुग वीर ती प्रमिथस ।
(७)
क्राटोसमा कषणा छैन । क्रुर, कूर छन् नजर
उनका, बिलकुल दयाहीन ! ती शक्ति-सिद्धान्तीको
कडा छ दिल, हृदय कठोर ! ढीँडे अफिसर कैँ
मालिक पुजारी ती अन्ध छन्, न्यायविचारविहीन
केबल प्रभुआज्ञा-पालन उनको धर्म्म छ,
मर्म्महीन जस्तो गर्दछ यंत्रले लोहनिर्म्मित ।
(८)
तर हेफिस्टस अनलदेबको मुहार छ कोमल
उनको अन्त;करणमा लाग्दछ एउटा किरकिर ।
न्यायविहीन जिउस-देवको यो शक्ति-प्रदर्शन
भयंकर, शाक्त्यन्ध क्रुर ! के एक देवले अर्कोमा
शक्ति प्रदर्शन गर्नु यसरी लायक हो कर्म्म ?
चूली चढेपछि सब गिज्याउन खोज्छन् अरूलाई ।
केबल शक्तिको अन्धमात यो ! यसमा न्याय कहाँ ?
(९)
त्यस्ता शतमुखी प्रतिभा, गम्भीर ज्ञानवान्,
परोपकारमा अनुरक्त, त्यस्ता लोकप्रशस्य महावीर ।
उच्चादर्शी प्रमिथसलाई यसरी अन्यायमा
अन्धो बज्न चड्करिएझैं शिखरउपर
केबल उच्चताको प्रतिकारी ! ...जिउस चड्कन्
दुष्ट सम्राद् स्वर्गका ती नीतिपथमा थिएनन् ।
स्वेच्छा नीति बनाउनु, चकनाचर गराउन
आफूभन्दा तल रहेकालाई, एक झूठो ज्वर हो
प्रदर्शनाभिलाषी कुर, फूठ नुपहरूको !
(१०)
यस्ता विचार गरीकन कोमल-बदन हेफिस्टस
पएमिथसको तृषार-ओजी तर अभ्रछाय
ललाट उच्चमा हेरी, कषण, करुण भए ।
अन्यायदलित महापुरुषत्बउपर
न्यायाधीशहरू स्वर्गका जसरी हेर्ने गर्छन्
चुक्चुकाई भित्र, भित्र यस वसुन्धरामा ।
(११)
देखी हेफिस्टसको करुण मनोवत्ति दुर्बल,
तथा एक बदलीदार लापर्वाही हुकुमको,
Page:Prometheus.pdf/80
Appearance
This page has not been proofread
