Jump to content

Page:Prometheus.pdf/78

From Nepali Proofreaders
Revision as of 11:21, 6 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
सप्तम सर्ग

(१)
कंकेसस पर्वतमालाका शिखरहरू
आकाशमा बुट्टा काट्छन्‌ क्षितिजका अलंकार ।
दक्षिणदेखि उदीकन उत्तर-पश्चिमतिर
अरिलन्छिन्‌ मेदिनी, निकट छ समुद्रकिनार ।
स्वर्गको नीलो चदरको लकिँदो किनार छै
बुट्टादार, बनपुष्पसुन्दर पर्नतश्रेणी
गाढा रंगमा, बादल थोप्ली बराबर बन्दछ,
कन्याङ्करुङका बथानहरूको उत्तर
आरोहण भुमि रमणीय ।

(२)
ती पर्वत छन्‌
दोसाँधसमान दुई संस्कृतिका, दुई देशका,
प्राकृत सुन्दर दीबार । ती पत्यरिला चट्टान !
ठाउँ ठाउँमा ती नांगा छन्‌ जलकटा प्रस्तर
शस्यशूत्य झैँ केवल ! बिजुलीद्वारा युगयुगका
शतद्रण ! योद्धा जै, प्रबल प्रभंजन रिपु,
नाँगा गौरवमा खडा तर अधिकांश भाग
विपिन विभूषित श्यामल परिधान-सुन्दर !

(३)
गौधूली वनहरू गिरि-आरोहण-शील
शीतल चढ्छन्‌ स्तर, स्तर हजार हात,
पशुका निविडनिवास, विहगोग्दीयमान !
अयुतदल मरमरले शीतल स्थल त्यो
प्रसून प्रचुर छ ! वल्लीहरूको जेलमेल !
एक हरित साञ्राज्य । बाँगाटिंगा बृक्षहरू
बिहगबास छन्‌ सहससंख्य, बिस्तीर्णकर !

(४)
त्यस हरियो एकलासमा मानव बदलाई