Jump to content

Page:Prometheus.pdf/10

From Nepali Proofreaders
Revision as of 09:30, 6 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

ढ्वीपविपुंजिनी, मेदिनीको महत्त्व,
ती विबुध-नीड,;
सभ्यताकी गुरुमा
प्रतीचीकी महापंडितमंडिता
अमर घाई युरोपको, अद्यावधि जीविता,
युनान !

(५)
आसत्यकलि आश्चर्य जगत्की
विपुल शैलले परिमंडित छन्‌ ।
नहुविहगनिनादिता, दूर, दुर ।
भमध्य-पारावार-किनारकी
तीर भूचित्र विचित्र ।

(६)
ढीपपंजले म्रिक्ल्यान्ड जलाथल,
वीचिविभंजित, वरुण-साम्राज्य,
तट-बारित, प्रभंजनले च्र, च्र,
उर्लन्छ बिशाल तीनतरफ,
बारिदवल्ली विभृषित वनगात्र
श्याम शैलहरूले शोभित

(७)
उम्लन्छ सुने जब च्‌लो छिचोली
रातो उज्यालो रँगमा पूर्वतिर,-
चराहरूको तारीफ, उड्डीन स्वरको,
तिनका आँखा देख्छन्‌ दिनका शुरूमा
सुन्दरको सुनौला देशको संदेश

(८)
पति रमणीय, पति कमनीय,
क्षितिज छैन क्षितिमंडलमा,
चुली चारु फुलार प्रात: साँच,
प्रकृति छैनन्‌ कतै यत्तिकी उदार ।
मरकत-मीठी, प्रसून-प्रचुरा,
यति उर्वरा भूमि-लहलह विश्वमास्च !

(९)
ज्वालामुख पर्वतका महोद्गारले
अनलोदर, घुम्रले आच्छन्न,
ज्यापितर जुपिटरको अभ्रप्रासाद
उद्दछ उच्च सुदर-जहाँ
सुरहरू मदिरामस्त मधुर सुरमा
नाच्छन्‌ सुररमणीहरूसाथ ।