घर चतुरईइँ गर्छन् बुद्धिमान्ले अगाडी ।
बखत चुकि दिंदामा हुछ काहाँ पछाडी ॥३॥
कवि भानृभमक्ताचार्यका यस्त परोपकारी कविताको बयान् कहाँतक् लेखन ।
सम्वत् १९२० विक्रमीयमा भानुभक्तजी फेरि नेपाल् तरफ् आये । एकदिन् एस् काठमाणौका एक रहीसकहाँ भेट गर्न भनी कवि भानुभक्तजी गये र बैठकमा एक् असल् बंद्क राखेको देखेछन् । कविजीलाई पनि यस्तै बन्दूकको खाइश् पैल्हेदेखि हुँदा बडा हृशियारीसाथ कविजीले सोधे- “विद्वान् जन्ले लोहलाई बेच्नु छैन, भन्दा सुन्थे यो करो हो कि छैन ?” यस्तो प्रश्न सुनी निज घरका मालिकले “ठीक् हो, फलाम् बेच्नु छैन' भनी भन्दा भानुभक्त कविजीले फेरि भने “लोहा बेची मोल क्या लीनु होला ? योग्यै जानी यो उसै दीनु होला” भनी भन्दा कविजीले बन्दूक पाये । जहाँ विशेष चमत्कार के छ भने कवि भानुभक्ताचार्यले भनेका कुरा श्लोक् भयो, अर्थात्-
विद्वान् जन्ले लोहलाइ बेच्नु छैन ।
भन्दा सुन्थ्या यो कुरा हो कि ह्वैन ॥
लोहा बेची मोल क्या लीनु होला ।
योग्चै जानी यो उतै दीनु होला ॥१।
यस् श्लोक्को भनाइ र गद्यको पद-क्रम एकै छ; अर्थात् यस् श्लोकको अन्वय गर्नु पर्दैन ।
विक्रमीय सम्वत् १९२५ मा भानुभक्तलाई विशेष काम आइपर्दा घर जानुप्यो । यसै सालमा घर पुग्नासाथ ज्वर आयेछ । यस् ज्वरले कवि भानुभक्ताचार्यलाई साह्रै दुक्ख दियो । रुचि घद्यो । ताकत् पनि दिन प्रतिदिन् घद्तै गयो । चेहराले रंग बदल्यो । रोगूले गर्दा पैलूहे जुन् चीजको इच्छा हंथ्यो अब त्यो हेर्न पनि भयेन । तेज् पनि एक् एक्