ड्न् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्वाजकमार कमारात्मज श्री ३ कम्यान््डर-इन-चीफु जनरल कृष्णबहादुर जङ्ग राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत् १९०७ सालका बैशाख मासमा मदेश् (तराई को जागीर पाई गये तर भानुभक्त कवि एँ सम्वत् १९०९ मा खोस्सिये र् कागतृपत्र बुराउन भनी नेपाल् कमारीचोकमा आई कागतपत्र आफूले २ वर्ष काम् गरेको खर्चा आमृदानी समेत्को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनियेछन् । प्राय: यस् सन्सारमा जहाँ जति प्रसिद्ध कवि हुन्छन् इनीहरूका जीवन कथामा एक् न एक् कलङ्क नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंखन् उनीहरूमा पनि एक् न एक् कलङ्क लागी रहेकै हंछ, जस्तो- चन्द्रमाको कलङु, साक्षात् ईश्वरांश रूपधारी विष्णुका छातीको भगुलानूछन्, सदाशिव महादेवको नीलक्ठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु।
यस् सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा रहनजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता घन् जन् मान् मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन् । भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान् कलमूले लेख्न सकिदैन । कदाचित् एक २ घडी युग् जस्ता भये हनन्; भर्दिन कोठाका दलिन् गनी काट्नुपत्यो होला । कसै सित बोल्चाल् होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्चाल् होस् तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस् बखतको बोल्चाल् के बोल्चाल्; बहीपत्र स्याह 'कागत् बुझ्नेहरूको जो मिजाज् हुंछ म के लेखुँ । यसरी एक्लै बस्ता बस्ता बडा दिम्दारीमा परी श्री ३ कम्यान्डर् इन्चीफ ज्ञात कृष्णबहादुरका हज्रमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको श्लोक यो हो।