Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/20

From Nepali Proofreaders
Revision as of 10:15, 2 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको अपार्‌ छ । एक्‌ त बालाजीको जग्गा, दौसरो कवि भानुभक्तको बयान्‌ के भन्नुपर्छ । अन्दाजी एक्‌ घडी जति तहाँ बसेर दक्खिन मृहडा गरी काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम्‌ शहर कान्तिपुरमा[1] कविको पर्‌यो । अठौना घर, देवल, धारा, पाटी, सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्देशूका चीजवीज, अनेक भाषाका बोलचाल्‌, मानिसहरूको पैह्वन, बोली, मिजाइस्‌, फूलको चलन्‌, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसनत्त मन भैकन काठमाणौँ नगरको बयान्‌ ई तल लेखियाका ५ श्लोकमा जाहिर हुन्‌छ-


चपला अबलाहरु एक स्रमा ।
गुन केसरिको फुल ली शिरमा ॥
हिँडन्या सखि लीकत ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ॥१॥

यति छन्‌ भनि गन्नु कहाँ धनित्रा ।
खुशि छन्‌ मनमा बह्तै दुनिज्जा ॥
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कातन्तिपुृरी नगरी ॥२॥

कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्‌भरि गल्लि छ दिल्लिसरी ॥
लखेनौँ पटना मदारस (मदरास) सरी ।
अलकाप्रि कान्तिपरी नगरी ॥३।[2]

  1. कान्तिपर कान्तिप्र, काष्ठमण्डप, काठमा काठमाणौ, काठमांडू भनी यौटै शहरको नाम जान्तू, नेपालले चार्भन्‌ज्याड्भित्र धग्गा जान्तनू ।
  2. यस्‌ श्लोकले भानुभक्तलाई भूगोल याद रहेछ भन्ने अनुमान हुनुछ ।