आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र सर्वप्रथम १९४८ मा मोतीराम
भट्टले लेखी छपाएका थिए । भारतजीवनका सम्पादक बाबू रामकृष्ण यसका
प्रकाशक थिए । यसपछि सोही जीवनचरित्रको दोस्रो संस्करण नेपाली
साहित्य सम्मेलन दार्जीलिङबाट १९८४ अर्थात् इस्वी संवत् १९२७ मा श्री
सूर्यविक्रम ज्ञवालीको सम्पादनमा प्रकाशित हुन्छ । यसपछि फेरि त्यहाँबाट
यसका अरू संस्करण पनि निस्केको सुनिन्छ ।
नेपाली साहित्यक्रा आदिकविको जीवनी र कृतित्वबारे मोतीराम भट्टले थाहा पाएजति विस्तारपूर्वक लेखेर, रचनाहरूसमेत खोजी सङ्कलन गर्ने र छाप्ने नगरिदिएका भए, भानुभक्तलाई कति पछि गएर चिन्ने थियौँ होला, कति उनका रचनाहरू हराइसक्थे होलान् तथा उनका सत्पेरणा र सद्भाव ग्रहण गरेर नेपाली भाषा-साहित्यको संवद्धि, विकास जेजति भइरहेछ शायद यी सबै बलियो टेवाको अभावमा कति गतिरुद्ध वा विच्छिन्न अथवा विलम्बित हुन्थ्यो होला- आशङ्का गर्ने ठाउँ छ । मोतीराम भट्टको त्यही प॒स्तकको अर्को संस्करण नेपालबाट पहिलो पटक साम्ञ प्रकाशनले निकाल्ने काम गरेकी छ ।
भानुभक्तको जीवनी र रचनाबारे सबैलाई ज्ञान होस् भनेर यसको पुनर्मुद्रण भएको हो । यसको ऐतिहासिक महत्व त छँदै छ, पाथै मोतीराम भटुको निःस्वार्थ भाषा-सेवा र साहित्य-प्रेमको दृष्टान्त पनि हुनाले अध्ययन- अध्यापन गर्नेहरूका निमित्त सुलभ होस् भन्ने यसको अर्को अभिप्राय रहेको छ् ।