Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/8

From Nepali Proofreaders
Revision as of 19:16, 1 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

प्रकाशकीय आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र सर्वप्रथम १९४८ मा मोतीराम भट्टले लेखी छपाएका थिए । भारतजीवनका सम्पादक बाबू रामकृष्ण यसका प्रकाशक थिए । यसपछि सोही जीवनचरित्रको दोस्रो संस्करण नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट १९८४ अर्थात्‌ इस्वी संवत्‌ १९२७ मा श्री सूर्यविक्रम ज्ञवालीको सम्पादनमा प्रकाशित हुन्छ । यसपछि फेरि त्यहाँबाट यसका अरू संस्करण पनि निस्केको सुनिन्छ । नेपाली साहित्यक्रा आदिकविको जीवनी र कृतित्वबारे मोतीराम भट्टले थाहा पाएजति विस्तारपूर्वक लेखेर, रचनाहरूसमेत खोजी सङ्कलन गर्ने र छाप्ने नगरिदिएका भए, भानुभक्तलाई कति पछि गएर चिन्ने थियौँ होला, कति उनका रचनाहरू हराइसक्थे होलान्‌ तथा उनका सत्पेरणा र सद्भाव ग्रहण गरेर नेपाली भाषा-साहित्यको संवद्धि, विकास जेजति भइरहेछ शायद यी सबै बलियो टेवाको अभावमा कति गतिरुद्ध वा विच्छिन्न अथवा विलम्बित हुन्थ्यो होला- आशङ्का गर्ने ठाउँ छ । मोतीराम भट्टको त्यही प॒स्तकको अर्को संस्करण नेपालबाट पहिलो पटक साम्ञ प्रकाशनले निकाल्ने काम गरेकी छ ।