Jump to content

Page:Shakuntala.pdf/57

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी । फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥ राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृता$५भूषण । मेरा मित, सुचित्र भित्र मनमा यो मात्र हो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी ।

फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥

राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृता$५भूषण । मेरा मित, सुचित्र भित्र मनमा यो मात्र होस्‌ चित्रण ॥

(५)

झुल्दा छन्‌ सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी ।

फुल्दा छन्‌ रँग रश्मिका कति धरी बास्ना भरी भै झरी ॥

झल्झन्‌ गर्दछ शीत पुष्प क्रीतुको वर्षा परी झर्झरी । पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥

च्नुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन्‌ सुन्दरी । फुल्दो हार छ

(६)

बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची ।

नुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥

यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन ।

गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥

(७)

नाच्छन्‌ चित्र विचित्रका छ बहिनी जो नामका छन्‌ त्रतु ।

सातौं स्वर्ग पुन्याइ सर्व सपना लाखौं भरी माधुरी ॥

कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना । के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ?

(८)

हाँसी काल दगुर्छ चारु पदमा कल्लोलका चालमा । नाच्छन्‌ भाव मिठाससाथ

नखरे नाच्दा परी तालमा ॥

लुर्कन्छन्‌ हँसिला जुहार हरिया पन्ना सजी सालमा । विश्वामित्रसमान बन्न कसको भाग्यै थियो भालमा ॥ (९) त्यस्तो वन्य कुटी, विलास रसिलो

आनन्दको नन्दन ।

लाबँरि रोज बगिन्‌ तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥ लागेछन्‌ सहकारमा फन, चुसी माधुर्य त्योपुरपले ।

लज्जा भो दिन एक ती

१०)

युवतिमा वैढाले अङ्गको ॥