Jump to content

Page:Shakuntala.pdf/56

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "पञ्चम सर्ग यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन । आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥ बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा । बेली एक भई दुवै दिल फुले पाई...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पञ्चम सर्ग यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन । आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥

बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा ।

बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥

१) चल्छन्‌ वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा । हुन्छन्‌ रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥

स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा । आनन्दी वनका सुगन्ध मनका छर्छन्‌ फुली रङ्गमा ॥

(र)

उड्दा स्वर्ण-पखेरु चारु दिन छन्‌ लाली सुनौलासँग । गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥

प्याला फूल छ, चाँदनी रस भरी पड्खा छ हाँगाभरी ।

कल्लोली मृदु अप्सराहरु नटी छन्‌ नाच्न कल्कल्‌

गरी ॥

(२)

राम्रा वन्य क्रा सबैतिर त्यहाँ स्वादिष्ट छन्‌ रञ्जन ।

मिन्छन्‌ पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥

त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा । पाउँ बस्न त नन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥ (४)

४१