वहाँ कामको वासना देखिँदैन ।
सबै छन् कला मौनमा मस्त हाई !
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी । हवाका झिना हात लाग्छन् मलाई ॥ (५९)
बहाँ भेद देवी तथा देवताको ।
छ राम्रा कला सिर्जना गर्नलाई ॥ सुवासी त्यहाँ प्रेमका भाव झीना । यहाँ टिप्दछन् फूलले- वासनामा ॥”
(९०)
सुनी काम लज्जाहरूमा बिलायो । बनी स्वादु आनन्द अर्कै रमायो ॥ वहाँ थप्दथिन् मैनका “दिव्य नीति । विना बाँधले राख्छ आनन्दरीति ॥
(९१) सधैं दिव्य इच्छा कतै छैन बाधा । त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥ यहाँ
बाँधिएकी
धराचक्रभित्र ।
बनिन् आज यी खुम्चिए झौँ मलाई ॥ (९२)
जसै उड्नको प्रेरणा पङ्खभित्र । ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥ उज्यालो कलाकारकी स्वप्नतुल्य । म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥
(९३)
न ता बाँधिएकी म भै फूलतुल्य ।
सबै ओठ भै मूक हा ! वैलिनेछु ॥
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले । म बस्नेछु सच्चाइले नै छुनाले ॥
(९४)