This page has been proofread
लूनी
(क)
(१)
सेर्पा 'साम्बा सोङ्गौ'
राज्छ दरबार 'लोङ्गो'
सेर्पा हेलम्बू !
चाँदी चूली झलझल
खोला नाला कलकल
सेर्पा झोलुङ्गो ।
(२)
चारकोस फूलबारी
रङ्ग रङ्ग भारी भारी
मग्मग खिलखिल छ ।
गरा गरा फुल्छन्
मीठा चरा झुल्छन्
सारा झिलमिल छ ॥