This page has not been proofread
स्मृतिपटप्रभाभित्र छेकिने ।
यवनिका बनी वाष्पजालिनी ॥
दिल अचेतमा किरण मिर्मिर ।
हटिसकी त्यहाँ स्पष्टता थियो ॥
(२३८)
शीत बिन्दुका सार झल्मल ।
अनि बन्दछिन् त्यो बिहानमा ॥
नयननिन्दुका रङ्ग फझल्कनै ।
अवनिको थियौ मधुरता त्यहाँ ॥
(२३९)
रुनु पनि प्रियाका वियोगमा ।
दिव्य माघुरीपूर्ण देखिने ॥
नेत्रमा लिई मधुर झल्फल ।
सम्झना, रहे नुपति एकला ॥
(२४०)