त्यहाँ शुभ्न सोताहरू खान पानी !
झरे झै सफा माग झैं देखिनाले ॥
जटाजूटका दिव्य ती कण्ठभूषा ।
सुगन्धी फुली केश झैं घूर्जटीका ।
झ्रेतुल्य नाला थिए क्षेद्रमाथि ॥
(२३२)
ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हस्सू अन ।
देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥
साना छन् कुइरा यताउति अझै देखिन्छ नाला पनि ।
झीनो बाफ उठेर मिर्मिर हुने क्यै वक्ररेखा बनी ॥
(२३३)
किरण सूर्यका प्रथम कोमल ।
समर गर्दथे बाफका तल ॥
विविध रङ्गमा जुट्न गैकन ।
ठाउँ ठाउँमा हृदयरब्जन ॥
(२३४)
अरुण कान्तिले वरुण -स्वप्नमा ।
थोर गेरको मृद् विलास ली ॥
शुभ्रता लिँदा बिउँभिँदो जगत्-
तुल्य दृश्य त्यो ललित देखियो ॥
(२३५)
सलिलसुन्दरी त्वरित निम्नगा ।
झलल भल्किद्न् धवल रिममा ॥
(२३६)
कोरिई सफा लहलहाउँदा ।
हरित खेतका कोण सुन्दर ॥
स्पष्ट बन्दछन् प्रनलता लिँदो ।
गगन दीपका घवल रिममा ॥
(२३७)
Page:Shakuntala.pdf/361
Appearance
This page has not been proofread
