बिहानी चराका पखेटा उज्याला ।
कनै स्वर्गको गुह्य चोर भनेर ॥
लिई शीतथोपा उडेका नजीक ।
बनी भान दिन्थे पुकारा गरेर ॥
(२२६)
त्यही हो भनी सम्भिँदा हेमकूट ।
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥
अनेकों अरू भृङ्गको बीच साथी ।
सुनौला च्ुचू्राहरू बीच माथि ॥
(२२७)
त्यही ओर्लिने आशयी भै विमान ।
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥
जहाँ नीरका शिल्पकारीसमान ।
धिए हौल च्डा सुनौला बिहान ॥
(२२८)
कुटी एक आनन्दको चारु देखे ।
पराले छ छाना झरी रङ्गिएको ॥
दुवै भ्यालवाला जहाँ देवदारु ।
सियाका बनी चारु टुप्पा रहन्छन् ॥
(२२९)
सफा मर्मरे ठाउँमा स्निग्ध भूमि ।
छ सम्म्याइएकी लगाएर बोट ॥
जहाँ फुल्ख झुप्पा बनी रम्य रङ्ग ।
सफा पारिलो नेत्रले चुम्बिएर ॥
(२३०)
हरा कोखमा नाष्पजाली उठेको ।
पछचौराहरू लर्किए झै झरेर ॥
पहाडी प्रसूनादि श््ब्वारवाली ।
छ त्यो शौल शोभा बढी चारु हेर ॥
(२३१)
Page:Shakuntala.pdf/360
Appearance
This page has not been proofread
