Jump to content

Page:Shakuntala.pdf/357

From Nepali Proofreaders
This page has not been proofread

झिझिल्‌ झिल्फिल्‌ गर्दै अन सुरहरू जन्मन गए ।
सबै जोडी भन्छन्‌ कर 'जय स्वयम्भो जय ! जय !'
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे ।
गिप्यो पर्दा लामौ जलदसरिको श्यामलपट ॥
(२०६)

झ-्यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित ।
फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई ।
उठिन्‌ लक्ष्मी ब्यूँझी हँंसमुख प्रभा झै विभवकी ॥
(२०७)

तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका ।
इशारा फैलाई तन निकट देखेर कमला ॥
"तिमी मेरी माया मसँग बस" भन्छन्‌ र कमला ।
झुकी आँखा बन्छिन्‌ ललितवदनी लज्जतसँग ॥
(२०८)

विष्णुले ले तन ती लक्ष्मीसाथ सोधे, 'तिमीकन ।
के के चाहिन्छ त्यो चाँडै पुस्याउँछु तिमी भन !"
(२०९)

भन्दा ती कमला भन्छिन्‌ 'सिँगारहरु सुन्दर ।
प्रभुको प्रेमका निम्ति पाउँ सज्न मनोहर ॥"
(२१०)

त्यति भन्दा तन नभमा, झझल्ल भझिल्किए तारा ।
रँग झल्के अवनि उठिन्‌ रम्य बने जगत्‌ तारा ॥
(२११)

व्योमविहारी ग्रह उदड्दका स्वरूप देखिए झल्ल ।
प्राकृत ढञ्ज लिएका गतिमान्‌ रत्न भरी झलमल्ल ॥
(२१२)

आँखानाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा ।
श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हुत्‌केन्द्रमा ॥
नालाको टक भो नशा तिर भयो आकाशको गुम्मज ।
बन्छन्‌ रोम अनेक शस्य कलिला गाला नने अम्बुज ॥
(२१३)