त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
मिलाई . बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥
(२००)
भयो खेन्न त्यहाँ यौटा दुष्यन्तअघि अद्भुत ।
लम-कोसे मिही भौंका परीका नख्रासित ॥
(२०१)
अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो ।
विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
त्यहाँ झिर्लिफल् झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय ।
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
(२०२)
थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।'
भने झै ढीलो भै किरण लहरी झै रम रम ॥
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा ।
किलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥
(२०३)
त्यही बन्दै आयो सरस मृद्रेखा र वदन ।
'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥
(२०४)
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै ।
उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥
(२०५)
परी-पन्छी उदड्छन् मधुर रसनाका रवहरू ।
प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥
Page:Shakuntala.pdf/356
Appearance
This page has not been proofread
