Jump to content

Page:Shakuntala.pdf/355

From Nepali Proofreaders
This page has not been proofread

उज्याला बत्ती झै लहर मणिका रङ्ग विविध ।
झझल्‌ झल भझल्‌ गर्छन्‌ विधुकर खुलाई बहविध ॥
(१९३)

कतै माला राम्रो जललल बमी भ्यालउपर ।
शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥
जहाँ झल्की शा जनत दुवचनका रङ्गहरुमा ।
परी हाँसी तलतिर बनी दिव्य सपना ॥
(१९४)

त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित ।
सिँगारी राखिन्छन्‌ सुरकुसुमले सुन्दरसित ॥
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव-
हरू भझल्कीमल्की लघुतवर झर्छन्‌ झलमल ॥
(१९५)

त्यहाँका भै नै छन्‌ मृदुल मणिका सम्म सतह ।
निछाएका राम्रा मखमलहरू छन्‌ तह तह ॥
कतै बाटूला छत्‌ मरमर जडेका तर कहीं ।
अनेकौं श्रेणी छन्‌ नृपकन दिने आसनहरू ॥
(१९६)

त्यहाँ छन्‌ झल्केका कनकमय चौकोस हेँसिला ।
उठाएका बुट्टा झलमल ननेका मणि जडी ॥
उज्यालो गर्ने छन्‌ मणिहरु बडा भझाडहरुमा ।
त्यसै धप्‌धप्‌ गर्ने दुतियुत कतै रङ्गहरुमा ॥
(१९७)

थियो यौटा हीरा धपधप बलेको त्यस थल ।
उज्यालो बत्ती झै छविमय बनाई झलर्भल ॥
म त्यो हीरा पाउ यदि अवनिमा भूप सबको ।
महासम्रादको नै मुकटमणि बन्थे सहजमा ॥
(१९८)

पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा ।
उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥
जुनेली शोभाको भुइँ झलकले निर्मल सफा ।
घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥
(१९९)