आँखा चकोर झै नन्थे हृद्घण्टीको निनादमा ॥
आफैं सद्भावना खोजी आफैं हेरी डलीरह्ँ ।
झुलीरहुँँ कि डोलेर श्वास चामर सुन्दर ॥
भने झै भावना उड्थे जौ छन् अमर पुष्पमा ।
बास्नाबाट गरी पूजा आँखाका दिव्य ज्योतिमै ॥
दीप बालेर सोन्दर्यमय भाव चढाउँदै ।
फूलका रूपमा नाची गतिमा दिव्य देहको ॥
परमेश्वरको तर्फ क्जनामृतभावना-
को नै जीवन पाएर त्यही पारी उपासना ॥
हरेक कर्मले मीढी हरेक क्षण सुन्दर ।
पार्छ झै लाग्दथ्यो भित्र स्वर्गनीच पुगेपछि ॥
भित्रबाहिर सतृतेजी । सदानन्दी सुदीक्षित ।
वृक्षमा, बोटमा, त्यस्तै वल्लीमा, शैलमा पनि ॥
जे भावना छ आनन्द उसैमा पाद्द जीवनी ।
ऐक्य दिव्य लिई फ्ल्दो जिन्दगी झै फुलुँ भनी ॥
परमेश्वरका अ्ग बन्ने द्ृच्खा पलाउँदै ।
स्वतन्त्रता उज्यालो झैं स्थितिमा दिव्य सुन्दर ।
केन्द्रीय ध्येय मिल्नाले राज्य गर्थ्यो सधैंभर ॥
(१६४)
निजुली झै बनी झिल्ल नव ख््प उदाउँदा ।
वियोग नै नदेखिन्थे साना क्षणिक फझिलिंकदा ॥
(१६५)
आँसु बन्थे कला खालि वेदना, दुःख नाटक ।
सत्योद््घाटनको सार देखाई अमृतोज्ज्वल ॥
तर लाग्दैनध्यो चोट पीयूष पिउँदा त्यहाँ ।
(१६६)
वृत्राले लगे भित्र नन्दनैवनको पथ ।
विभिन्न दृश्यका कोण कलात्मक जहाँ थिए ॥
(१६७)
जमीन अलि ओर्लिन्छ उक्लिन्छ जुन बागमा ।
परिश्रम नपारेर पदको नृत्य झै बनी ॥
Page:Shakuntala.pdf/349
Appearance
This page has not been proofread
