विशाल त्यो लोक थियो उज्यालो सत्यमण्डल ।
देखिन्थे देव त्यसमा भर्दा गगतमण्डल ॥
(१५१)
ग्रह-गोलाहरु धेरै थिए त्यो लोकमा सफा ।
काँच गोलाहरू मजस्ता अथवा स्फटिकप्रभा ॥
(१५२)
प्रतिजिम्नित आभाले आभासित मनोहर ।
सात चन्द्र थिए साथै मुस्किएका सुधाकर ॥
(१५३)
ताराका बदला सारा देवता ज्योतिरूपका ।
साकार शान्त देखिन्थे पड्खवाला यताउता ॥
(१५४)
कोही अचल देखिन्थे कोही चल्थे मनोहर ।
पड्ख चालेर सङ्गीत सुरमा ताल सुन्दर ॥
(१५५)
देखिए जश्षषिका मूर्ति तपमा ध्याननिएचल ।
स्वर्गक्वातीरमा बस्दा, काँसकेशी समुज्ज्वल ॥
(१५६)
बालुवाका कणा जस्ता ताराले लहरीमय ।
गङ्गा बम्छिन् पबित्रै ती व्योममा कवितामय ॥
(१५७)
त्यहाँका लहरी नोल्थे विश्वसङ्घीतका स्वर ।
जो हुन्छन् मर्त्य-आँखामा ज्योति झै तल मिर्मिर ॥
(१५८)
चम्किला ती जूनमा छन् फुल्दा द्वुमलताहरू ।
सिँगारिएका शोभा झै कामिनीका सुकोमल ॥
(१५९)
अमृता५५लोक बास्ताले हँसिलो स्वप्न सुन्दर ।
खकोर नेत्रमा पर्छन् प्रेमले क्यै मदा५५लस ॥
रोमाञ्च बल्किदा गात्र सुगन्धानिल स्पर्शमा ।
ढल्किन्छन् सृ्स्त ती बैंसे सोख्थ्ृङ्गारले भरि ॥
Page:Shakuntala.pdf/346
Appearance
This page has not been proofread
