कतै झल्काहरू जस्ता नव आदर्शका पनि ।
झिल्किने तर चाँडै नै निभ्ने के के क्रा बली ॥
(१२१)
नदेखेका नजानेका नसुनेका कराहरू ।
भविष्यबाट झल्के झैं झिल्काए झै अतीतले ॥
(१२२)
जिज्ञासा प्राकृतप्रायः उत्तेजित गराउँदै ।
झल्के, निभे, फेरि झल्के कल्पना नै घुमाउँदै ॥
(१२३)
भयो भर्ना झरे जस्तो सरको मधुराधर ।
पात पातहर्माधि गाए जस्तो मनोहर ॥
(१२४)
गानाले आँसुका बूँद॒ अनेकौं युगका लिई ।
मीठो ननाउँधी झल्का भावकी सम्झना भई ॥
(१२५)
जीत, हार, खुशी आँसु सबै भै मधुराकृति ।
शब्दमा झर्भराए झैं हुन्थ्यो हृदयको स्थिति ॥
(१२६)
त्यसै बेला देव मिली मुग्ध त्यो दैत्यको दल-
लाई हाने उज्यालोले, नानी खुम्चिन गो तल ॥
(१२७)
सूर्यका ररशिमशरले हानिएका महादल ।
निघारनीचमा चोट परी सारा लड्डे तल ॥
(१२८)
त्यो देखेर अरू भागी सैन्य-विध्वंसदारुण ।
दुष्यन्त विजयी नेता गन्दछन् देवका गण ॥
(१२९)
फूल अम्लान वर्षेर परीका कर कोमल-
बाट दुच्यन्तको शोभा बढ्यो पारी समुज्ज्वल ॥
(१३०)
Page:Shakuntala.pdf/343
Appearance
This page has not been proofread
