Jump to content

Page:Shakuntala.pdf/342

From Nepali Proofreaders
This page has not been proofread

दुष्यन्तले गरे झट्ट सञ्चीतास्त्र प्रयोग र ।
लाग्यो आकाश नै सारा गाना गर्न मनोहर ॥
(१११)

जिज्ञासा दैत्यको जन्म्यो नयाँ अज्ञानप्रेरित ।
सन्तोष नभई पूरा दैत्यको हृदयब्गत ॥
(११२)

"को होला त्यो ?" प्ररन उठो, त्रास अच्नानको उठदो ।
अडे टक्क बनी छक्क खोजी चर्चा त्यहाँ बढ्घो ॥
(११३)

न आउने हो ओर्लेर खान त्यो दैत्यको कल ।
न त्यो सलहको गाना न वा माया न वा छल ॥
(११४)

प्रशरन लाखौं उठे भित्र विचित्रसँग त्यो क्षण ।
लाखौं भाव नयाँ जन्मे विएलेषण लिनाकन ॥
(११५)

जिज्ञाता कान ठाडा नै आफूबाहिरका कण ।
काँपीरहेका सुन्ने भै रङ्ूमगाई घनाघन ॥
(११६)

कल्पना पड्ख हालेर उद्छै बाहिर निस्किई ।
स्थिरता क्यै नपाएर रूप रङ्ग नयाँ भई ॥
(११७)

रङ्चीचद्ठी बनी राप्वा पातला भाव नाच्दछन्‌ ।
लदिन्छन्‌ क्षणमै फेरि क्षणमै आफु जाँच्दछन्‌ ॥
(११८)

अनेक रष्रफा भाव विषाक्त मधघु-मोहन ।
नाच्न लागै घुसी भित्र दैत्यका दलमा घन ॥
(११९)

आशा जस्ता कतै, भाषा जस्ता मीठा विदेशका ।
त्रास जस्ता कतै मीठा सबका दिलका फिका ॥
(१२०)