Jump to content

Page:Shakuntala.pdf/333

From Nepali Proofreaders
This page has not been proofread

यो देख्छौं जो उज्यालो स्रप्रतिर यो बन्छ प्राशुप्रकाश ।
सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥
झर्दै आएर पृथ्वीतिर जन सुरले टेक्दछन्‌ अन्धकार ।
जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका भझल्किएका जुहार ॥"
(४१)

भन्दाभन्दै हुरीको घनघनसरिको जोडले शान्ददार ।
अद्ने जस्तो हँदामा रथ कशल तिनी मोहडा थोर फेरी ॥
हाँसी भन्छन्‌ हरीमा "जतिजति बलले गर्छ दाबा अँध्यारो ।
जान्नैले राहबीचै त्यसकन सजिलो साथ स्वश्रेय पाछन्‌ ॥"
(४२)

फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान ।
लप्का दप्का र झप्का घचघच घुद्दरो क्यै कराएसमान ॥
विक्षिप्तप्राय हावा हनुनुनु करुणा -क्रन्द्नीचालसाथ ।
दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥
(४३)

टाढा भै सूर्य दब्दा अब तलतिर छन्‌ दक्षिणी त्यो किनार ।
सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥
माधथीमाथी उज्यालो त अनि चहकिलो सूर्य अर्को सुदिव्य ।
नीलो गोला उज्यालो वरपर छ हवा घन्किँंदो घन्न घन्न ॥
(४४)

काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल ।
दान्हा लामा किटेका कटकट कहिले बाहु लामा विशाल ॥
लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले ।
सम्झन्छन्‌ याननेता स्र-नृ्‌प रिपुका फौज काला तृावाँले ॥
(४५)

यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक ।
धेरै योद्धाहरूको मरणथल यही दैत्यकौ गर्व टेक ॥
याही हन्छन्‌ समस्या हल अति गहिरा दैत्य औ देवबीच ।
धर्कन्छन्‌ स्वर्गवासीहरु पनि कहिले त्रास बढ्दा नगीच ॥
(४६)