पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट ।
पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरष्त्गी विमान ॥
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गही र छाना ।
हावा पार्छन् सुगन्धी अमर कसुमका पत्र राम्रा बिछाई ।
(१)
आभाले दिव्य झ्ल्झल् रंगहरु हुन गै शान्त देदीप्यमान ।
शोभा भर्दो बगेचाभर नृपवरको पड्ख फुल्दोसमान ॥
अर्कै सौगन्ध ल्याई कसुमहरु त्यसै लट्ठ पारी सुताई ।
दिन्थ्या स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥
(२)
"को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ ।
आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥
देखी त्यो हप्प गर्दै निकटतरु लिई चृप लाग्यो मिहारी ।
आए योडा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥
(३)
लाएका ताज तेजी फ्रलमल, जलका जन्मका चारुमोती ।
पञ्नरा राख्चा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥
कल्की स्वर्ग चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क ।
फर्केको स्वाद् लच्कासँग नरमपना झल्किए झै सलक्क ॥
(४)
Page:Shakuntala.pdf/326
Appearance
This page has not been proofread
त्रयोविंशतितम सर्ग
