This page has not been proofread
द्वाविंशतितम सर्ग
खुल्यो फेरि आकाश नीलो उज्यालो ।
सफा घोइएको कलनीलो बनेर ॥
तुवाँलो पखाली मुनामञ्जरीमा ।
हरा रञङ्ज ताजा रसीलो गरेर ॥
(१)
हट्यो दुर फद्कारिई मेघमाला ।
सफा घामलाई कलीलो गरेर ॥
हवा शीतलो नन्छ अल्छी विलासी ।
'कसो भो ?' भनी पालुवामा चुमेर ॥
(२)
कुनै घोइएको सफा चित्रतुल्य ।
भयो दृश्य त्यो रूप टबढ्कारिएर ॥
थिए शैल नाला सफा दूर-देखा ।
थिए सूर्य बिता उँचा साँझनेर ॥
(३)
कतै झल्किएका थिए बुँद झरझर् ।
हरा पात हिल्दा फुटी रङ्ग धेर ॥
मुना बालजस्ता नुहाएर नाच्थै ।
थिए ती कलीला हरा रङ्गले'र ॥
(४)