मृत्युतिथि अझ चाल पाइयेको छैन तर संवत् १९२५ मा (सन् १८६८) उनको मृत्यु भयेको हो भन्ने मोतीराम भट्टका कथनको पुष्टि उनको जन्मकुण्डली प्रकाशमा ल्याई निश्चित जन्मतिधि निर्णय गर्ने भानुभक्तका मित्र स्वर्गवासी सुब्बा धर्मदत्तका पुत्र स्वर्गवासी सुब्बा रङ्गताथका भनाई बाट पनी भयेको छ ।
उनका रामायण तथा अरु कविताहरुका अध्ययन बाट हँसीला, रसीला, ख्याल ठट्टा गर्ने बाती भयेका, हक्की, उच्च विचार भयेका, भानुभक्तको चित्र हामी. देख्छौं । उनका देशभक्तिले हाम्रा हृदयमा ठुलो प्रभाव पार्छ । उनको परोपकार- बुद्धि, सबैको कल्याण होस्, सबै सपुन् तथा सबैको भलो होस् भन्ने विचार भयेको देख्दा उनी शान्त प्रकृतिका, दयालु, तथा सबैलाई माया गर्ने बाती भयेका मातीस रहेछन् भन्ने हामीलाई अनुभव हुन्छ । भगवद्भक्तिमा विश्वास भयेका, मातृभाषाका प्रेमी तथा देशभक्त भानुभक्तले आफ्ना सेवा द्वारा हाम्रो जातीय विकासका निम्ती जो महान् कार्य गरे तिनले गर्दा नेपाली जातिका निर्माता बीरहरु मध्ये उनले प्रमुख स्थान प्राप्त गरेका छन् ।
तल मोतीराम भट्टका मत अनुसार भानुभक्तका विविध कविताहरुको रचना भयेको समय लेखिन्छ ।
सन् ग्रन्थहरु वा स्फुट कविता १८३६-प्रथम दुई कविता १८४१-बालकाण्ड १८४९-बालाजी तथा कान्तिपुरी सम्बन्धी कविता १८५२-अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड तथा सुन्दरकाण्ड १८५३-युद्धकाण्ड तथा उत्तरकाण्ड प्रश्नोत्तर तथा भक्तमाला १८६२-वधृशिक्षा १८६९-रामगीता
फर्नडेल,
दार्जीलिङ्ग
२७-१०-१९४४
सूर्यवित्रम ज्ञवाली