Jump to content

Page:Bhanubhaktako ramayan.pdf/6

From Nepali Proofreaders
Revision as of 12:45, 25 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
भानुभक्तको संक्षिप्त जीवनचरित्र


अङ्गरेज तथा नेपालीहरुको युद्ध हुनु भन्दा केहि महिना अघी सन् १८१४ अर्थात् आषाढ २९ गते संवत् १८७१ का दिन भानुभक्तको जन्म भयेको हो । पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रमघा ग्राममा इनको जन्म यौटा सम्पन्न तथा सम्भ्रान्त ब्राह्मण कुलमा भयेको थियो । त्यो अञ्चलमा श्रीकृष्ण आचार्य नामक एक जना ब्राह्मणले निकै ख्याति तथा मर्यादा प्राप्त गरेका थिये । इनका छ भाई छोरा थिये । ती मध्ये जेठा धनञ्जयका एक मात्र पुत्र भानुभक्त हुन् । ज्येष्ठ पुत्र तिरको नाति भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यका विशेष रुपले प्रियपात्र भयेको बुझिन्छ ।

सरकारी जागीर खाई भानुभक्तका पिता खरदार मयेका थिये । यो कारणले तथा जेठो नाती भयेको हुनाले पनी होला भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यका लालन-पालनमा हुर्के । इनको आरम्भिक शिक्षा पनी इनका बाजे श्रीकृष्ण आचार्य द्वारा नै भयेको थियो । संस्कृत साहित्य तथा व्याकरण सँगसँगै इनले ज्योतिष पनी पढेका थिये । पुराण भन्न सक्ने तथा चिनाचपेटा बनाउन जान्ने हुनु नै तिन ताकका ब्राह्मणकुमारहरुको शिक्षाको साधारण उद्देश्य थियो । भानुभक्तलाई पढेको कुरो छिटै आउँथ्यो तथा १२ वर्षका उमेरमा नै जन्मपत्रको तत्व इनी बुझने भै सकेका थिये । यो कारणले इनी मेधावी बालक थिये भन्ने अनुमान हुन्छ ।

इनी २२ वर्षका हुँदा इनका जीवनमा यौटा यसतो प्रभाव पन्यो जसले गर्दा भानुभक्तका हृदयमा कविताको प्रेम उत्पन्न भयो । एक दिन बनमा इनी रुखका छहारीमा बसेका वेलामा यौटा घाँसी सित इनको भेट भयेछ । कुरा कहानी गर्दा त्यो घाँसीले आफ्नो अल्प कमाईबाट खाईलाई जगेरा गरेको पैसाले