Jump to content

Page:Ritubichar.pdf/66

From Nepali Proofreaders
Revision as of 15:49, 23 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread
अथ
शिशिर-विचार


हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥


उही ठण्डी, उही हुस्सू, हिम-वर्षा उही सब ।
अहो! शिशिरले सारा हर्यो हेमन्त-वैभव ॥


हेमन्तको म हूँ भाइ, हुन्छु दाइ-बराबर ।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥


थपी हेमन्तको भन्दा बढता वात-सङ्कट ।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥


दिनहुँ तल घर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मद-सङ्कुल ॥


सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो! कम्प-ज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब ॥