Jump to content

Page:Shakuntala.pdf/304

From Nepali Proofreaders
This page has not been proofread

कसोरी निर्खेको मकन प्रभुले कोमल-मना ।
रुँदै मर्जी हुन्थ्यो गहभर लिई सुन्दर कणा ॥
तिमी मेरी ज्योत्स्ना हृदयविधुरानी कसुमकी ।
तिमी बास्ना मीढी कसुम-ग्रतुकी चारु सपना ॥
(१६७)

तिमी आमा मेरी ललितवदनी पूर्व-गगनी ।
उदाएकी स्वर्ग प्रचुर घनकी ज्योति-नयनी ॥
चराको भाषाले हृदयवन गृँज्ने नव-जगत्‌ ।
उघार्नै शोभा छौ, दिन श्रु हुने जीवन भनी ॥"
(१६८)

यहाँ लाली चढ्दी मृदुल महिमा दिव्य सुखकी ।
अडी भन्छिन्‌ केही "रविसरि म भन्थे प्रभु पनि ॥
अँगालो हालेका छविकन उषाको शिखरमा ।
सुनौला स्वर्गको जगभर उडाएर महिमा ॥"
(१६९)

यहाँ लज्जा मानी परतिर यसो हेर्न छविली ।
बनिन्‌ लाली लाली ट्विजवर र माता मुख मिली ॥
अहो ! छीटो स्वीको हृदय कति यो भावुकपना ।
सबै बिर्सी बोल्छिन्‌ दुख हृदयको फेरि मधुरी ॥
(१७०)

फुल्यो लाली राम्रो कसुमसरि चैते विपिनमा ।
समाल्छिन्‌ झक्दी ती अनि पछि उदासी नजरले ॥
"कसोरी निर्खेको मकन प्रभुले कोमल-मना ।
भनी भर्छिन्‌ आँखा "सन हन गयो एक सपना ॥"
(१७१)

"कसोरी बिर्सेको झलझल छ मेरो नजरमा ।
बिहाको त्यो वल्ली कतुमित मुनाको रहरमा ॥
'नन्यौ मेरी' भन्दै मुसुमुसु गरी चारु नयन ।
सिँद्रै रेखाले अष््ण गरिनक्सैर मकन ॥
(१७२)