कनै भत्केकी झैं मृदुल सपना आज बिचरी ।
अझै आशा गर्छिन् हृदय जप गर्दी प्रभु हरि ॥
हरे ! सम्झईयौ न त अनम मर्नेछु सहज ।
दया राखी जाओस् प्रभु विरहितामा शिखिध्वज ॥
(१४७)
उठे आँखा लामा अलि अलि गरी माथितिर नै ।
घुसिन् भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥
हरे | के लीला यौ निदुर मनले भन्दछ त्यहाँ ।
कहाँ गो प्याराको हृदय कलिलो पृष्प वनको ?
(१४८)
वनबाट विहङ्गबालिका ।
नव आशासँग पड्ख ली उडिन् ॥
मृदु शब्द गरी खुसाउँदै ।
तरमा फुल्न सुगन्धमा चढिन् ॥
(१४९)
तर वृष्टि भएर बादल ।
अन रक्दो मृदु पड्ख खुभिचदी ॥
दुखको तरुमा सँदी रहिन् ।
अघिको सौख्य र याम सम्पफिँदी ॥
(१५०)
कठै लाग्यो होला मनमन निठ्री जगत नै ।
कठै सम्भीहोलिन् वन, सखि बिहाको पनि दिनै ॥
कठै उच्नेको त्यो दिवस हँसिलो आज यसरी ।
सँदै बद्ली जाँदा सकल बदली झै हुन गई ॥
कठै लाग्यो होला भव विपिन यो कण्टकमय ।
कनै ! रोईहोलिन् मनमन उठी त्रास र भय ॥
दुख्यो होला मारै हृदय मृदुलाको कति बरा !
कतै लाग्यौ होला शर हृदयमा हा वनचरा !
(१५१)
Page:Shakuntala.pdf/300
Appearance
This page has not been proofread
