Jump to content

Page:Shakuntala.pdf/299

From Nepali Proofreaders
This page has not been proofread

"म नै बस्थे निशिभर उठीदेउन प्रिय !"
बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै ।
नबुभने के ढुँग्थे त्यसकन दशादुष्ट विहग ॥
(१४२)

हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जन ।
शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि ।
लिपेका स्वप्ना झै मलिन जगदै देख्दछ कवि ॥
(१४३)

सधैँ खै रै लाग्थ्यौ निकट नहुँदा प्रेम प्रभुको ।
हजारौं दच्छाका लहरी शवासहरुको ॥
तिमी छोडी रुन्थ्यौ खनर दिलका पत्रविनुका ।
बढाई हावामा तर अन उनैमा यवनिका ॥
(१४४)

रहे ! साना साना मृदृुल जलदानाहरु बनी ।
उठे मीठा नाना हृदय रहने भाव नभनी ॥
भनूँला जो भन्थ्यो कति कति करा छेड रसिला ।
बिलाए, भस्केका विहगसरि पर्दा शिर शिला ॥
(१४५)

"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी ।
भनुँला झै लाग्थ्यो रिससित उचाली गह पनि ॥
"हरे त्यस्तो ढक्वी हन्‌ : दिल रुबाई यति दिन ।"
भनूँला झै लाग्थ्यो कति सब करा पाइ मिलन ॥
अडी छाती स्हैला रस विरहको दीर्घ वनको ।
तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥
यही भेटी मेरी भनिकन चढाए, छ बइला ।
भनी ल्युँला मीठो वचन कर लाईकन गला ॥
भनी सोँच्ध्यो जो जो गृहसरसता चाख मधूर ।,
बनी रानी सानी उपवन चहारेर रहर ॥
पुयाई आनन्दी हुदयसँग खेलाइ प्रहर |
रहुँला भन्ने ती मृद्दुलपन हुन्छन्‌ थरहर ॥
(१४६)