Jump to content

Page:Shakuntala.pdf/288

From Nepali Proofreaders
This page has not been proofread

जानु फेरि र कहाँ छ तहारा ?
सूर्यका अघि सदैव उज्याला ॥
भूप सत्य दृढ सुन्दर रूप ।
सत्य सम्झनुहओस्‌ दिलभित्र ॥
(८३)

वीरको हृदयमा रहँदैन ।
एक दाग डर, झूट खरानी ॥
मिल्दछन्‌ अणु बजाउँछ नृत्य ।
तार तारहरुमा दृढ सत्य ॥
(८४)

वीरता हृदयको दृढता हो ।
कीर्ति सत्य झलमल्ल बलेको ॥
न्याय सत्यकन आँटसमान ।
सत्य नै अवनिको सन त्राण ॥
(८५)

सत्य नै छ त्रषिलाइ तपस्या ।
सत्यबाट च्युत गिर्छ तपस्वी ॥
घोर नर्कहरुमा सन उल्टी ।
भित्रबाट न त उद्दछ सुल्टी ॥
(८६)

सत्य नित्य छ अनित्य असत्य ।
सत्यमा छ प्रभुको सुन गादी ॥
सत्य मात्र छ प्रकाश सुनौला ।
स्वर्ग सत्य सनतर्फ असत्य ॥
(८७)

सत्य हो हृदयमा नहुमूल्य ।
जिन्दगीकन नषण हीरा ॥
सत्यबाट झलमल्ल
फुल्छ जीवन रँगीन बनेर ॥
(८८)