Jump to content

Page:Shakuntala.pdf/266

From Nepali Proofreaders
This page has not been proofread

थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"क्रिन किन को ?" सित प्रशन गरेर ।
बसन कटीतक छोप्न धरेर ॥
(३०)

पकिन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सन ।
खुरशसाथ गर्छ स्वागत ॥
(३१)

तब भित्र पस्न गौतमी !
दद हात आड पाउँछिन्‌ ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन्‌ ॥
(३२)

तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ आन दन्दन ॥
(३३)

अन उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
क्‌पिसत्कृता मुयूमुसु ।
द्इ्‌ बन्दैछन्‌ सुभाषले ॥
(३४)

अरुण प्रभा छ दन्दन ।
मृुखलाल छन्‌ शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)