तिनी प्रश्न गर्छन् “कहाँबाट आयौ ?
कहाँबाट द्राहरू मिष्ट ल्यायौ !? परी हौ कि कोही कि देवी उज्याली ! नढाँटी तिमी बोल सङ्घोच फाली ॥” (४१) .
उनी लाम्चिला नेत्रका ती कुनाले ।
यसो हेर्न लागिन् झफुकी लाज मानी ॥
यता लाजका हात ब्यूँझी सँभाले ।
पछ्यौरा उता
(४२)
लकिँदा बिर्सनाले ॥
हरे ! के छ यो कामिनीका कलामा ! सबै षट्पदी छन् फुका कोपिलामा ॥
तरी
उर्मिवाला
अनोखी तरङ्ग ।
वसन्ती मरुत् खोज्दछन् दिव्य अङ्ग ॥
(४३)
सुगन्धीपना बैंसको ठाँट
पारी ।
महामोहको मोहनीतुल्य भारी ॥ कलीलो लिई ओठ फुल्दो छ सारा ।
तपस्वी
लगाई
छखुट्टै
किनारा ॥
(४४) भई मोहनी ईश लदट्ठ्याउँदा छन् ।
कुनैमा सुधा दी कुनैमा विषै दी॥
कुनै आसुरी कामले लट्ठ पर्छन् । पिई मर्त्यताको सुरा यो अनादि॥ (४५)
महात्माहरूबाट दृष्टान्त पाई ।
अजेया ,यिनी छन् भनी बैंसलाई ॥
तपस्यापरी सुन्दरी चट्ट छोडी । सबै भज्दछन् कामिनी (४६)
भुन्भुनाई ॥
“