This page has not been proofread
श्रद्धाऽऽञ्जलि
(१)
अग्ला अग्ला उज्याला हिमगिरि-चुचुरा मौलि-माला समान
जस्का छन् गर्दथ्यो जो समर-विजयमा गर्व यद्वा गुमान
त्यै शंल प्राय हाम्रो प्रबल-विदित यो राष्ट्र नेपाल खास
हामी कोटि प्रजाको निहित छ यसमा जिन्दगीको विकास ॥
(२)
आफू सानै छँदा यो प्रबल भरत झैँ सिंहका साथ खेल्थ्यो
जो जो हुन् आइलाग्ने रिपुहरु उनमा जाइलाग्थ्यो धकेल्थ्यो
वैरी भाग्थे दगुर्थे बहुत पर पुगी दीर्घ निःश्वास लिन्थे
सम्झन्थे जित्नलाई कठिन जब अनी मित्र बन्थे नुहुन्थे